धवल शम्शेरलाई झुठा मुद्दामा फसाएर सरकारले क्यान्सरको उपचार गर्न नदिने षड्यन्त्र गरेको आरोप



काठमाडौ,५ बैशाख। राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित ‘संयुक्त जनआन्दोनल परिचालन समिति’ राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको उपचार हुन नदिने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएको छ ।

‘संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक तथा राप्रपा महामन्त्री डा. धवलशमशेर राणा लामो समयदेखि तीनकुने गोलीकाण्डका सन्दर्भमा झुठो मुद्दामा फसाइएर क्यान्सरजस्तो गम्भीर रोगको उपचार नपाई पीडादायी अवस्थामा हुनुहुन्छ,’ समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको वक्तव्यमा भनिएको छ ।

राणा यसअघि नै नियमित रूपमा आवधिक परीक्षणको लागि चिकित्सकले दिएको समयमा भारतको मुम्बईमा उपचारका लागि जानुपर्ने प्रवक्ता नेपालले भनेका छन् । ‘त्यसतर्फ फलोअपका लागि जान नदिने षडयन्त्रमा सरकार लागेकोमा आपत्ति प्रकट गर्दै त्यसतर्फ उपचारका लागि पठाउन जोडदार माग गर्दछौँ,’ वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्