पूर्वयुवराज पारस शाहलाई एक-दुई दिन अस्पतालमै राखिने
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई एक-दुई दिन अस्पतालमै राखेर उपचार गरिने भएको छ।

आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएका शाहको स्वास्थ्य अवस्था स्थिर रहेकाले एकदुई दिन अस्पतालमै राखेर उपचार गरिने डाक्टर यादवदेव भट्टले जानकारी दिनुभएको छ ।
शाहको मुटुमा स्टेन्ट (मुटुको धमनीमा राखिने एक प्रकारको ट्युब) राखिएको छ । पूर्वयुवराज पारसलाई हृदयघात भएको यो चौथो पटक हो ।

