सरकारी सेवामा शेर्पा समुदायको उपस्थितिका बिषयमा अन्तरक्रिया गर्दै शेर्पा विद्यार्थी संघ
दावा जाङ्बु शेर्पा,काठमाडौं।नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रीय कार्य समितिले सरकारी सेवामा शेर्पा समुदायको उपस्थितिका बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

राज्यको कार्यपालिका,व्यवस्थापिका र न्यायपालिकाको तीर देखि शिर सम्मको सम्पूर्ण क्षेत्रहरुमा शेर्पा समुदायको व्यापक सहभागिता जनाउने रणनीतिक उद्देश्यसहित पौष १५ गते सो अन्तरक्रिया आयोजना गर्न लागिएको संघका केन्द्रीय अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए।
शेर्पा समुदायबाट लोकसेवा आयोग उत्तीर्ण गरी देशैभर सरकारी सेवामा कार्यरत कर्मचारीहरुलाई एकै ठाउँ भेला गरी परिचयात्मक कार्यक्रमसंगै सरकारी सेवामा शेर्पा समुदायको उपस्थिति,अवसर,सम्भावना र चुनौतीका बिषयमा रणनीतिक छलफल अन्तरक्रियामा गरिने उनले बताए।
संघले कार्यक्रममा सहभागितामूलक उपस्थिति जनाइदिनु हुन सम्पूर्ण शेर्पा निजामति तथा राष्ट्रसेवक कर्मचारीमा अनुरोध गरेको छ । यो उपस्थितिले हालसम्म सेवामा प्रवेश गरी अवकाश प्राप्त गर्नुभएका र अहिले सरकारी सेवामा कार्यरत शेर्पा निजामति तथा राष्ट्रसेवक कर्मचारीहरुको तथ्यांक संकलन गर्ने उद्देश्यका साथ गुगल फारम निर्माण गरिएको जानकारी दिंदै संघले सो फारम भर्न पनि अनुरोध गरेको छ।

