सोलुदुधकुण्डकी पेमाको उपचारका लागि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको ४७ हजार सहयोग

दावा जाङ्बु शेर्पा,सोलुखुम्बु। सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ की पेमा शेर्पाको उपचारका लागि हिमालयन शेर्पा सांस्कृतिक केन्द्र अन्तर्राष्ट्रिय शाखा बेल्जियमले सत्चालीस हजार सत्चालीस हजार चार सय रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

हिमालयन शेर्पा संस्कृयिक केन्द्र अन्तर्राष्ट्रिय शाखा बेल्जियमका पदाधिकारीहरुबाट संकलन गरिएको सो रकम पेमालाई सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पुका वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा मार्फत हस्तान्तरण गरिएको छ।
रोजगारको सिलसिलामा काठमाडौँ छिरेकी पेमा ठुलो रोग लिएर घर फर्किइन।गरिब परिवारमा जन्मिएकी पेमालाई काठमाडौमै हुँदा रोगले च्यापिसकेको थियो । हेरचाहको अभावमा त्यो रोगले दिन प्रतिदिन च्यापेपछि गाडी चढेर सोलुखुम्बु सदरमुकाम सल्लेरी आई पुगेपछि वेवारिसे अवस्थामा भेटेर उनलाई प्रहरीले अस्पताल पुर्याएको थियो ।
जिल्ला अस्पताल फाप्लुका डाक्टर प्रशान्त शाहका अनुसार अहिले पेमालाई नियमित चेक अपमा आउने गरी डिस्चार्ज गरिएको छ ।उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनले बताए।

