प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं ।राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप चार प्रहरी हिरासतमै राखिने भएको छ।

मंगलबार जिल्ला अदालत, काठमाडौंले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै उनी २१ मंसिरसम्म हिरासतमै रहने भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद दस्तावेज सार्वजनिक गरेपछि नेपाल प्रहरीको सीआईबीले उनलाई गत मंसिर ४ गते पक्राउ गरेको थियो।

साइबर अपराध अभियोगमा पक्राउ परेका उनको पक्राउ गैरकानुनी भएको भन्दै यसअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट परे पनि खारेज भएको थियो। file foto

प्रतिक्रिया दिनुहोस्