बसले ठक्कर दिंदा काठमाडौंमा दुई पैदल यात्रीको मृत्यु, रामेछाप दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत



काठमाडौं । काठमाडौंको तार्केश्व्ररस्थित सेसमती पुलमा बसले पैदल यात्रुलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन भने एकको पहिचान खुलेको छैन। अत्यधिक गतिमा रहेको बा.४ ख ७१११नम्बरको बसले पैदलमार्गम ठक्कर दिएको थियो ।

उता, रामेछापमा शुक्रबार भएको गाडी दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ।रामेछापको गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडास्थित खिम्ती-बेताली सडकखण्डमा ना १ ज ७१२३ नम्बरको गाडी भिरबाट ३ सय मिटर तल खस्दा पाँच जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो।मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, मन्थली नगरपालिका-१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की, गोकुलगंगा गाउँपालिका-५ का ३० वर्षीय कविता कार्की, उनकी छोरी ७ वर्षीया स्वस्तिका खड्का र गोकुलगंगा गाउँपालिका-४ बेलाती जोगीडाँडाकी २८ वर्षीया सविना गजमेर विक छन्।

पाँचै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल मन्थली लगिएको छ।दुर्घटनामा घाइते भएका तीन जनालाई काठमाडौं ल्याइएको छ।घाइतेहरूमा कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीय केशव शर्मा, रामेछापको गोकुलगंगा गाउँपालिका-४ का ४ वर्षीय बालक (मृतक सविनाका छोरा) रविन विक र गोकुलगंगा गाउँपालिका-४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की छन्।

उनीहरू सबैको काठमाडौंको ट्रम सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्