बिबाद छैन ,बुद्ध नेपालमै जन्मिएका हुन : भारत



काठमाडौं, २५ साउन ।गौतम बुद्ध महान भारतीय नागरिक भएको भारतीय बिदेश मन्त्री एस जयशंकरको अभिव्यक्तिको तीब्र बिरोध भएपछि भारतले एकपटक फेरि आधिकारिक रुपमा भगवान गौतम बुद्ध नेपालमै जन्मिएको स्पष्ट पारेको छ।

भारतीय विदेश मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमा बुद्ध नेपालमा जन्मिएकोमा विवाद नरहेको बताएको छ।

भारतीय विदेश मन्त्रालयले जयशंकरको अभिव्यक्ति बौद्ध सम्पदाको बारेमा भएको तर गौतम बुद्धका बारे नभएको स्पष्ट पारेको छ।

‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्नेमा कुनै विवाद छैन,’ भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।

भारतीय बिदेशमन्त्री जयशंकरले शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रीले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ हुन् भन्दै विवाददास्पद अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्