आफैँमाथि आफैंले गोली प्रहार गर्दा प्रहरी सहायक निरीक्षक घाइते



अछाम।आफैँमाथि आफैंले गोली प्रहार गर्दा अछाममा नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) घाइते भएका छन्।

जिल्लाको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक किसनबहादुर चन्दले बिहीबार राति आफैँले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गर्दा उनी घाइते भएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

गोली लागेर घाइते भएका चन्दको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारपश्चात् गरिएको र थप उपचार बाँकेको कोहलपुर मेडिकल कलेजमा आइसीयुमा राखेर भइरहेको छ ।

इलाका प्रहरी कार्यालय कमलबजारका इञ्चार्ज प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय घटनाको छानबिन समिति गठन गरिएको प्रनाउ भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्