माओवादी केन्द्रका नेता एबम् पूर्बराज्यमन्त्री राईको निधन
काठमाडौं।प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ।

पारकिन्सन रोगबाट पीडित राईको शनिबार उपचारकै क्रममा निधन भएको हो। भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित भएर लागेका थिए। राई २०६३ को अन्तरिम व्यवस्थापिकामा माओवादीबाट विधायक भएपछि भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका थिए।
राज्यमन्त्रीकै हैसियतमा उनी पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेका थिए।उनको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

