ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा भट्टराई निर्विरोध



काठमाडौँ । स्थानीय तह उपनिर्वाचन—२०८१ मा ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन सहयोग गरेको भन्दै कांग्रेसले अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद दिएको छ ।

निर्वाचन आयोगले भने उनी निर्विरोध भएको औपचारिक रुपमा घोषणा गरिसकेको छैन । आइतबार स्थानीय तह उपनिर्वाचनका लागि ४४ स्थानमा मनोनयन दर्ता गराइएको थियो

प्रतिक्रिया दिनुहोस्