स्वयम्भू विश्व सम्पदा क्षेत्र सरसफाई महा-अभियान २०८१ सुरु



काठमाडौँ।विश्व सम्पदा सूचीमा रहेको स्वयम्भू क्षेत्रको विशेष सरसफाईका लागि विभिन्न क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरूले स्वयम्भू विश्व सम्पदा क्षेत्र सरसफाई महा-अभियान २०८१ सुरु गरेका छन्।

गत भदौदेखी शुरू भएको अभियानमा विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाको सहभागिता रहेको छ । अहिलेसम्म सामुदायिक सेवा केन्द्र इचङ्गु, सशस्त्र प्रहरी, नेप्सेम्याक लगायत १२ भन्दा बढी संघसंस्थाको सहभागिता रहेको अभियान संयोजक देवी आचार्यले बताए ।

संयोजक आचार्यका अनुसार हरेक महिनाको ५ गते उक्त अभियान चल्नेछ भने केही समयपछि महिनामा ५ दिन अभियान चल्नेछ । आचार्यले भने, हामी यो अभियानमार्फत प्रभावकारी सरसफाइ गर्नेछौं । यसले स्वयम्भूको स्वरूप नै फेरिनेछ ।

अभियानले विभिन्न क्षेत्रमा काम गर्ने संघसंस्था तथा स्वतन्त्र व्यक्तिहरूलाई अभियानमा स्वतस्फूर्त जोडिनका लागि आग्रह गरेको छ। आगामी कार्यक्रम मङ्सिरको ५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्