पूर्वसभामुख दमननाथ ढुंगानाको निधन



काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । त्यहीबेलामा प्रतिनिधिसभाको सभामुख बनेका थिए ।

नेपालको राजनीतिक आन्दोलन र संसदीय व्यवस्थाको विकासमा उनको योगदान उल्लेखनीय मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्