दार्चुलामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुग्यो,६ जना घाइते



खलङ्गा । दार्चुलामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । अन्य छ जना गम्भीर घाइते भएका छन् ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट रहेका छन् ।

यस्तै बैतडीको डिलासैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो ।एकजनाको परिचय खुलेकोे छैन ।

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा आज बिहान ४ बजे दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्