सफा,सुन्दर र हरियाली नगरको रूपमा विकास गर्न सोलु दुधकुण्डलाई सोलु चाम फ्रान्सको सहयोग



सोलुखुम्बु। सोलुदुधकुण्ड नगरपालिकाले फोहोर मैला व्यवस्थापन र फलफूल खेतीका लागि कृषकहरुलाई फलफूलका बिरुवा बितरण कार्यलाई अगाडि बढाउने भएको छ।

सफा,सुन्दर र हरियाली नगरको रूपमा बिकास गर्ने अभिप्रायका साथ सोलु चाम फ्रान्सको सहयोगमा सोलु दुधकुण्डले सो कार्य अगाडी बढाउन लागेको प्रबक्ता फुर्बा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो।

सो सहयोग सम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर गरिएको उनले बताए।सम्झौतामा नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र सोलु चाम फ्रान्सका अध्यक्ष पिट्रे हौउइले हस्ताक्षर गर्नुभएको छ।

सफा, सुन्दर र हरियाली नगरको रूपमा विकास गर्न नगरपालिकालाई निकाय सोलु चामले ५० हजार अमेरिकी डलर अर्थात् नेपाली ५६ लाख उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।  
सोलु चामले नगरपालिकामा फोहोर मैला व्यवस्थापनका लागी कम्प्रेसर मेसिन खरिदका लागी २६ हजार अमेरिकी डलर र फोहोर सङ्कलन गर्ने डस्टबिन व्यवस्थापनका लागी ८ हजार डलर र  १६ हजार डलर रकम फलफूलका बिरुवा खरिद गरी वृक्षारोपण गर्नका लागि सहयोग गर्ने प्रबक्ता शेर्पाले बताउनुभयो।यस कार्यक्रमबाट फोहोर मैलाको दिगो व्यवस्थापन गर्दै वातावरण संरक्षणमा समेत टेवा पुग्ने नगरप्रमुख शेर्पाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्