ओली सरकार अहिलेसम्मकै कम्जोर : राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओली नेतृत्वको सरकार अहिलेसम्मकै कमजोर रहेको बताएका छन्।

राप्रपा काभ्रेको आठौँ जिल्ला अधिवेशनको उद्घाटनको लागि बनेपा आएका एमाले र काँग्रेस मिलेर बनेर सरकारले केही काम र जनताको पक्षमा काम गर्न नसकेको उनको भनाई थियो।उनले यो देशमा सरकार चलाउन सबै खालका अभ्यास भइसकेको तर दुईठुला दल मिलेर सरकार सञ्चालन हुँदा झन् जनताले महँगी र पिडा बेहोर्नु परेको बताए ।
गत असोजमा आएको बाढी पहिरोमा सरकारको भूमिका नदेखिएको उनले दावी गरे । ‘जनता पीडामा रहँदा समेत सरकार कहाँ थियो थाहा पाएनौँ ।, उनले भने, ‘जनतामा धेरै आस थियो, केही गर्छ कि भन्ने लाग्या थियो तर सरकार कुहिरोमा हराएको काग जस्तै अलमलियो ।’file foto

