राष्ट्रपति पौडेलद्वारा दुई देशका लागि राजदूत नियुक्त : चीनमा ओली र अमेरिकामा रेग्मी



काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाए अनुसार पौडेलले अमेरिकाका लागि लोकदर्शन रेग्मी र चीनका लागि प्रा.डा कृष्णप्रसाद ओली राजदूत नियुक्त गरेका हुुन्।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरिएको जनाईएको छ ।

गत साउन १४ गते मन्त्रिपरिषद्ले विभिन्न १८ देशको राजदूत सिफारिस गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्