दाहाल-नेपाल गुटबाट बाहिरिए गौतम



काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का उपाध्यक्ष बामदेब गौतमले पार्टीभित्रको अन्तर्द्वन्द्वमा आफू कुनैपनी गुटमा नलाग्ने स्पस्ट पारेका छन।

जारी स्थायी समितिको बिबाद अन्त्यका लागि भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलिलाइ दुबै पदमा यथावत राखेर जानुपर्ने लगायत ६ बुंदे प्रस्ताव अघि सारेपछि गौतमले गुट परिवर्तन गरेको आशंका गरिएको थियो। स्थायी समिति बैठक सुरु हुंदा पुस्पकमल दाहाल र माधब नेपाल समुहमा रहेका गौतम विवाद उग्र बन्दै गएपछि उनी ओलि समूहसंग नजिएको अधिकांशको बुझाइ थियो।प्रचण्डसँग आफ्नै निवासमा बुधबार भेट गरेसंगै गौतमले दाहाल गुटसंगको सम्बन्ध औपचारिक रुपमै बिच्छेद गरेको पुष्टि भएको छ।

भेटमा उहाँले कुनै सानो वा ठूलो गुटमा नलाग्ने बताउनुभएको उहाँका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताउनुभयो । उहाँले विज्ञप्तिमार्फत आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभइ पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभएको हो ।

अध्यक्ष प्रचण्डले ‘अब तपाई के गर्नुहुन्छ ?’ भनेर सोधेको प्रश्नको जवाफमा उपाध्यक्ष गौतमले आफू कुनै गुटमा नरहेको स्पष्ट पार्नुभएको हो ।

यही साउन १३ गते गौतमले पार्टीभित्रको विवाद अन्त्यका लागि भन्दै ६ बुँदे प्रस्ताव राख्नुभएको थियो । प्रस्तावमार्फत उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले कुनै पनि पद छाड्न नपर्ने र अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकारको जिम्मेवारी सम्हाल्नुपर्ने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमको समर्थन गर्नुभएको थियो ।

यही साउन १३ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएसँगै नेकपाभित्रको विवाद थप चुलिएको छ । बिबाद चुलिएसंगै उपाध्यक्ष गौतमलाई आफ्नो पक्षमा पार्न दुबै समूह जोडतोडले लागेका छन। यस अघि पार्टी एकताका लागि भन्दै गौतमले ६ बुंदे बिज्ञपति जारी गरेकै दिन प्रधानमन्त्री ओलि पत्नी राधिका सहित उनको निवास पुगेका थिए। त्यसयता ओलि गौतम सम्बन्ध नजिकिएको ठानिएको छ।

प्रतिक्रिया दिनुहोस्