लकडाउन गर्ने नगर्ने बिषयमा बिज्ञहरुसंग परामर्श गर्दै प्रम ओलि

काठमाडौं ।कोरोना संक्रमणको पछिल्लो अवस्था अपनाउनु पर्ने रणनितिबारे प्रधानमन्त्री केपी शर्मा ओलिले बिज्ञहरुसंग परामर्श गर्नुहुने भएको छ।

लकडाउनको अन्त्यपछि काठमाडौं उपत्यकालगायत देशैभर कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसंग बालुवाटार छलफल गर्न लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।
विज्ञहरुले पछिल्लो समय लकडाउन वा अन्य विकल्प नअपनाए परिष्थिती अझ भयावह अबस्था आउन सक्ने चेतावनी दिदैं आएका छन ।लकडाउन खोल्दा आवश्यक सावधानी नपाएर निर्णय लिइएको भन्दै सरकारको आलोचना समेत भएको छ ।
प्रधानमन्त्री ओलीले यसअघि लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गर्नुभएको थियो।
बिज्ञहरुसंगको छलफलपछि सरकारले संक्रमण नियन्त्रणका लकडाउन गर्ने या कस्तो रणनीति अपनाउने भन्ने निर्णय गर्ने बताइन्छ ।
पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषालगायत ठाउँमा संक्रमण बढिरहेको छ भने काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या धमाधम थपिदैं गएको छ ।

