गजल



* ओमप्रकाश भण्डारी

देखो र कस्ले हामीले गिटी कुटेर पढेको
बाहुन क्षेत्री नसुति राती उठेर पढेको।

मासु र भात फाल्दथे उनी बिचरा हामिले
जोखेर थोरै मागेको मकै भुटेर पढेको।

पुर्खाको धन थिएन केहि रिनले थिचेको
ढाकर बोकि बच्चामै मुटु फुटेर पढेको।

काटेर लुगा लगाको तिम्ले टालेर हामिले
अभाब बिच हिम्मत थोरै जुटेर पढेको।

तिमिले बल बोकेर गयौ झम्पल हामिले
नसोच साथी अर्काको धन लुटेर पढेको।

नपढी पास गरिदे भन्दै ननिस्क सडक
जातले हैन पसिना धेरै छुटेर पढेको
*नेचासल्यान-३,सोलुखुम्बु

प्रतिक्रिया दिनुहोस्