भाटभटेनीले बिपद् प्रभावितको सहयोगका लागि १ करोड ११ लाख बढी रकम सहयोग गर्ने



काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले विपद् प्रभावित नागरिकको उद्दार तथा राहतका लागि १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोगको घोषणा गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि प्रदान गर्ने बताएका छन् । लगातारको झरीले हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै गुरुङले सरकारी राहत कोषमा सहयोग रकम जम्मा गर्न लागेको बताए ।

भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए ।अविरल वर्षापछि देशभर १९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ जना बढी बेपत्ता छन् ।

अर्बौँ रूपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व भएको गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्