फजुल खर्च र तडक भडक नगरी चाड पर्व मनाउन सोलु एमालेको आग्रह



सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुले फजुल खर्च र तडक भडक नगरी चाड पर्व मनाउन आग्रह गरेको छ।

बिजया दशमी,दिपावली,छठ,उधौली पर्बको अवसरमा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको तर्फबाट शनिबार शुभकामना सन्देश प्रकाशित गर्दै अध्यक्ष डुफकुमार बास्तोलाले सो आग्रह गरेका हुन्।

चाडपर्व,संस्कृति,संस्कार हाम्रो पहिचान र एकताको प्रतिक भएको उल्लेख गर्दै शुभकामना सन्देशमा यसमा भित्रिंदै गएका बिकृति र बिसंगति नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याईएको छ।

‘हाम्रा महान् पर्बहरुले हामी सबैलाईसुख,शान्ति,समृद्धि,भातृत्व र भावनात्मक एकता सहितको बिकास र परिबर्तनको बाटोमा हिंड्ने प्रेरणा प्रदान गरुन्’- शुभकामना सन्देशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्