सोताङबाट चार जुवाडे पक्राउ ,१४ लाख बढी नगद र २९ लाखको चेक बरामद



सोलुखुम्बु,१४ साउन । १४ लाख भन्दा बढी नगदसहित चार जना जुवाडे पक्राउ परेकाछन् । जुवा खेलिरहेको अवस्थामा नगदसहित सोताङबाट उनीहरु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरिक्षक अनिल लिम्बुको नेतृत्वको प्रहरी टोलीले सोताङ गाउँपालिका वडा नम्बर ५ शिवटार बजार नजिकैको पसल घरमा जुवा खेलीरहेका अवस्थामा १४ लाख ६५ हजार रुपैयाँ नगद सहित मंगलबार अपरान्ह उनीहरुलाई पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका २ का दुर्गाप्रसाद राई, वडा नम्बर ४ का दुर्गा प्रसाद राई, थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाका दिपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीको भनाई छ ।

उनीहरुको साथबाट कृषि बिकास बैंकको २९ लाख रुपैयाँको चेक समेत बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याईदै गरेको प्रहरीले जनाएको छ । यती ठुलो नगद सहित जुवा खालबाटै जुवाडे प्रक्राउ परेको यो सोलुखुम्बुको पहिलो घटना हो । solukhumbusamachar बाट

प्रतिक्रिया दिनुहोस्