कल्पना एस टीका चार मुक्तक




मुक्तक-१
परिवर्तनशील यो समयसँगै चली दिएको छु
लुकाई पिर मनमा भित्र भित्रै जलि दिएको छु
मेरा लागि के नै गरिस र ? नभन्न ए जिन्दगी !
तेरै लागि त सारा सङ्घर्षको बलि दिएको छु ।
मुक्तक-२
पुग्दैन मोटर, विमानमा पैसा थप्न, बाध्यछन्
सुविधा छैन हरेकले दु:खलाई खप्न, बाध्यछन्
बिरामी भए समयमै उपचार गर्नुपर्छ त भन्छौ,
यहाँ सिटामोलको कमिले मन्त्र जप्न, बाध्यछन् ।
मुक्तक-३
काममा सघाउन पाए हुन्थ्यो मैले बरु घरमा बसि
बालुवा पनि सधैँ कति चालुन बाले बगरमा बसि
बुढो हड्डी बजार्छिन आमा ति पाखा अनि पहाडमा,
म बजारिन्छु बाआमाको पिडाले यता सहरमा बसि ।
मुक्तक-४
देउती, पचाल, फोक्सुुण्डो, रारा छ मेरो कर्णालीमा
यार्सा, मार्सी  प्राणको आहारा छ मेरो कर्णालीमा
नहोला ! तिमीले देखे जस्तो धेरै सुविधा खोजेझैँ,
गरे विकासको सम्भावना सारा छ मेरो कर्णालीमा ।

गुर्भाकोट-३ सुर्खेत
कर्णाली प्रदेश

प्रतिक्रिया दिनुहोस्