शेर्पा, लिम्बु र तामाङ जनजाति महासंघ अमेरिका ९फिन्पा०को सल्लाहकार नियुक्त



काठमाडौं,९ साउन । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका आङजाङबु शेर्पा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ९ फिप्ना० को केन्द्रीय कार्यसमितिको सल्लाहकारमा नियुक्त भएका छन।

महासंघ अमेरिका (फिन्पा) को हालै सम्पन्न बैठकले बिधानको धारा २८ को उपधारा ४ अनुसार शेर्पासहित अन्य दुई जनालाई पनि सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।अन्य दुई जना सल्लाहकारमा लिला सिंगक लिम्बु र भरत मोक्तान तामाङ रहेको फिन्पाले जनाएको छ।

फिप्नाका अनुसार आफ्नो बिधान अनुसार रिक्त रहेको सल्लाहकार पदमा लामो समय नेपाली आदिवासी आन्दोलनमा योगदान र अनुभव संगालेका नेपाली अमेरिकन समुदायका मुर्धन्य व्यक्तित्वहरूलाई सल्लाहकारमा मनोनयन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्