चीनलाई अमेरिकाको चेतावनी, महाबाणिज्य दुतावास हटाउन अमेरिकाको आदेश
एजेन्सी : विश्वका दुई शक्तिशाली चीन र अमेरिकाबीचको तनाव फेरि चुलिने देखिएको छ। कोरोना भाइरसको संकटसँगै चर्किरहेको यी दुई देशबीचको विवादले नयाँ रुप लिने देखिएको हो। अमेरिकाले हस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएसँगै तनाव चुलिने अवस्था आएको हो।
अमेरिकाले मंगलबार त्यहाँ रहेको चिनियाँ सम्पर्क कार्यालय बन्द गर्न आदेश दिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। हस्टनको चिनियाँ वाणिज्य दूतावास अमेरिकी बौद्धिक सम्पदा संरक्षणुका लागि बन्द गर्न भनिएको स्टेट डिपार्टमेन्टले जनाएको छ। अमेरिकाले आफ्नो वाणिज्य दूतावास बन्द गरेर दिएको आदेश तत्काल फिर्ता लिन चीनले आग्रह गरेको छ। चीनले अमेरिकाले उक्त कदम फिर्ता नलिए आफूले पनि उचित समयमा जवाफी निर्णय लिने जनाएको छ।
चीनले यो निर्णयबाट पछि नहटेमा अमेरिकासँगको सम्बन्धमा गम्भीर असर पर्ने जनाएको छ। ुयो राजनीतिक प्रोपोगान्डाले दुई देशको कूटनीतिक सम्बन्धमा गम्भीर असर पर्छु, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले भनेका छन्, त्यसैले यस निर्णयबाट अमेरिकाले पछि हट्नै पर्छ, यसलाई सच्याउनै पर्छ।


