व्यवसायिक एवं सार्वजनिक मर्यादाविपरीत गैरकानुनी क्रियाकलाप गरेको आरोपमा १४ जना पक्राउ



काठमाडौँ,१३ मंसिर । काठमाडौँका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा व्यावसायिक एवं सार्वजनिक मर्यादाविपरीत गैरकानुनी क्रियाकलाप गराएको आरोपमा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ, भद्रकालीबाट खटिएको टोलीले स्पा मसाज सेन्टरहरूमा चेकजाँच गर्ने क्रममा ती गतिविधिमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई हाल काठमाडौँको टोखा बस्ने २९ वर्षीया पार्वती श्रेष्ठ, नुवाकोटको किस्पाङ गाउँपालिका–५ घर भई तारकेश्वर बस्ने २६ वर्षीया सुबु गुरुङ, खोटाङको लिखुवा गाउँपालिका–१ घर भई नयाँ बसपार्क बस्ने २५ वर्षीया चन्द्र बस्नेत र भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ घर भई नयाँ बजार बस्ने ३० वर्षीया पार्वती खत्री रहेका छन्।

यसैगरी नवलपरासी घर भई असन बस्ने २० वर्षीया पूर्णिमा भोटे, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ घर भई तारकेश्वर बस्ने २४ वर्षीया पबिना खड्का, दोलखाको बैतेश्वर गाउँपालिका–७ घर भई सोह्रखुट्टे बस्ने ३१ वर्षीया अनु तामाङ र रामेछाप घर भई ललितपुरको भैँसेपाटी बस्ने २३ वर्षीया कविता मगरलाई पनि नियन्त्रणमा लिइएको छ।

यस्तै, रामेछापको मन्थली नगरपालिका–११ घर भई बौद्ध बस्ने २१ वर्षीया सविता बोहरा, झापाको कन्काई नगरपालिका–१ घर भई बौद्ध बस्ने ३३ वर्षीया अम्बिका कार्की, नुवाकोटको विदुर नगरपालिका–६ घर भई चाबहिल बस्ने २१ वर्षीया शर्मिला गिरी, धादिङको गजुरी गाउँपालिका–५ घर भई टोखा बस्ने २० वर्षीया रोसनी भुजेल, ३० वर्षीया मिना भुजेल तथा बङ्गलादेश घर भई ठमेल बस्ने ३८ वर्षीय मसुद राना रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्