प्रजित कुँवरका चार मुक्तक
मुक्तक १
दुर हुन्छन् शत्रु बनि,आफ्ना हुँदैनन्
पाउँदा चोट गनिगनि, आफ्ना हुँदैनन्
सुखमा हो आफ्ना हुने सवथोक हुने,
दु:खमा भगवान पनि,आफ्ना हुँदैनन् ।
मुक्तक २
गरेर दु:ख पसीना बगाई बाँच्ने रहर छ
तितामिठा सपना सजाई बाँच्ने रहर छ
मुत्यु रोज्न हतार नगर न ए जिन्दगानी,
अझै दुईचार वर्ष मलाई बाँच्ने रहर छ ।
मुक्तक ३
कसरी गर्छ समस्या हल आफै बिरामी छ
उल्टै बनाईदिन्छ पागल आफै बिरामी छ
रोग बोकेर उपचार गर्न के आधारमा जाउँ,
मेरो त देशको हस्पिटल आफै बिरामी छ ।
मुक्तक ४
बस्छ सरकार टुलुटुलु हेरि, सुस्ता मेरो भन्छ
सिमाना विवाद पर्दा खेरी, सुस्ता मेरो भन्छ
कालापानी लिम्पियाधुरा धेरै भुभाग खायो,
गद्दार छिमेकी अचेल फेरी, सुस्ता मेरो भन्छ ।
वालिङ्ग-१४,स्याङ्जा सिख्रे


