शिक्षा, स्वास्थ्य र पुल निर्माण सोलुदुधकुण्ड नगरपालिकाको प्राथमिकतामा
सोलुखुम्बु, २ साउन ।जिल्लाको एकमात्र नगरपालिकाले चालु आर्थिक बर्षमा शिक्षा बिकास तथा सेवा प्रबाहको क्षेत्रमा सबै भन्दा बढी बजेट बिनियोजन गरेको छ।

गत असार १० गतेबाट सुरु भएर असार मसान्तमा सम्पन्न भएको छैटौं नगरसभाले सो क्षेत्रका लागि २० करोड ८८ लाख ११ हजार रुपैयाँ बजेट बिनियोजन भएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षता सम्पन्न नगरसभाले स्वास्थ्य सेवा प्रबाहलाइ दोश्रो प्राथमिकतामा राखेको प्रबक्ता सारदामाया तामाङद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ।स्वास्थ्य सेवा प्रबाहको क्षेत्रमा ४ करोड ९७ लाख ३० हजार रकम छुट्याइएको छ।
नगरपालिकाले आर्थिक बर २०७७र७८ का लागि संघीय सरकार,प्रदेश सरकार र आन्तरिक श्रोतबाट प्राप्त हुने कुल बजेट ५३ करोड १० हजार ५९० रुपैयाँबाट चालुतर्फ २६ करोड ९० लाख ६८ हजार २ सय र पूँजीगत तर्फ २६ करोड ९ लाख ४२ हजार ३९० रुपैयाँ को व्यय अनुमान गरिएको तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नगर सभाले पुल निर्माण तथा मर्मत कार्यक्रमका लागि ३ करोड ३१ लाख ९० हजार, खानेपानी तथा ढल निकास १ करोड ६८ लाख २५ हजार,सार्बजनिक भवन तथा वडा कार्यालय भवन निर्माणका लागि १ करोड ४७ लाख ३० हजार पानी तथा ढल निकासका लागि ट्रयाक ओपन सडक ममर्त जस्ता सडक निर्माण कार्यक्रममा ८७ लाख, सडक स्तरोन्नतिमा १ करोड १७ लाख ५०, प्रवक्ता शारदामाया तामाङले जानकारी दिइन् ।
यस्तो छ नगरसभाको निर्णय
यसैबीच, उपप्रमुख कल्पना राइ सहित नेकपाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले भने बिहिवार एक बिज्ञपति प्रकाशित गरि छैटौं नगरसभामा नगर प्रमुख शेर्पा लगायत नगरपालिकाका केही नगर कार्यपालिका सदस्य, नगर सभा सदस्यहरुले बहुमतको दम्भमा निजी तथा दलगत स्वार्थपूर्तिका लागि अपारदर्शी ढंगले गोलमोटल बजेट बिनियोजन गरेको आरोप लगाएका छन।
आर्थिक बर्ष २०७७र७८ को बजेट बिनियोजनका लागि बसेको कार्यपालिका बैठक तथा नगर सभामा फरक मत राख्नेहरुको सुनुवाई नगरी सम्मानित नगरसभालाई ताली बजाउने थलोको रुपमा परिणत गरेको उनीहरुको आरोप छ।
विज्ञप्तीमा नगर उपप्रमुख राईका साथमा वडा नम्बर ३, ५, ६, ७, ८ र १० का वडा अध्यक्षहरु र ७ जना नगर सभा सदस्यहरुले हस्ताक्षर गरेका छन् ।


