सोलुखुम्बु : नमुना विद्यालयको रूपमा छानियो जनजागृति माबि

काठमाडौं,१ साउन।सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा रहेको जनजागृती माध्यमिक विद्यालय नमूना विद्यालयका रुपमा छनौट भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट असार ३१ गते सो विद्यालय नमुना विद्यालयका रूपमा छनौट भएको मा. हेमकुमार राई ‘सुरबीर’को सचिवालयले जनाएको छ। नेचासल्यानस्थित श्री हिमालदर्शन माध्यमिक विद्यालय जिल्लाको पहिलो नमुना बिधालय हो। साथै बिधालय क्षेत्र बिकास याेजना अनुसार क्रमशः सबै स्थानीय तहमा नमुना बिद्यालय बिकास गर्दै जाने याेजनामा सरकार रहेकाे पनि सांसद राइको सचिवालयले जनाएको छ।सचिवालयले शिक्षा क्षेत्रकाे सुधार तथा बिकास योजनाका लागि सांसद राइ निरन्तर पहल गरिरहनु भएकाे समेत सचिवालयले उल्लेख गरेको छ।

