जय नेपाल फाउन्डेसन सोलुखुम्बुको संयोजकमा थापा
सोलुखुम्बु।नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापा जय नेपाल फाउन्डेसनको सोलुखुम्बु जिल्ला समितिको संयोजकमा मनोनीत भएका छन्।

संयुक्त राज्य अमेरिकामा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय स्तरको सो संस्थाका अध्यक्ष बद्री अर्यालले थापालाई सोलुखुम्बु जिल्ला संयोजकमा मनोनीत गरेको फाउन्डेसनले जनाएको छ्।थापा सो संस्थाको कोशी प्रदेश समिति सदस्य हुन्।
७७ वटै जिल्ला शाखा गठन भइसकेको फाउन्डेसनको कोशी प्रदेश समिति अध्यक्ष थापालाई जिल्ला संयोजक मनोनीत गरिएको हो।फाउन्डेसनको कोशी प्रदेश समिति संयोजक बासु कोइराला हुन्।
बिशुद्द समाजसेवा गर्ने उद्देश्यले स्थापना भएको फाउन्डेसनको अन्तर्राष्ट्रिय अध्यक्ष यादव पण्डित रहेका छन्।

