सांसद राइको पहलमा सोताङ र महाकुलुङमा १५ सैय्याको अस्पताल सन्चालनमा आउने



सोलुखुम्बु ,२८ असार ।जिल्लाको महाकुलुङ र सोताङ गाउँपालिकामा १५ सैयाको अस्पताल निर्माण हुने भएको छ। संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरविर’ को पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल निर्माणका लागि चालु आर्थिक बर्षका लागि बजेट स्वीकृति गरेको हो।

महाकुलुङ बुङ अस्पताल स्तरोन्नतिका लागि ४ करोड २८ लाख र सोताङ स्वास्थ्य चौकीको स्तरोन्नतिका लागि १ करोड ७० लाख बजेट बिनियोजन भएको सांसद राइले जानकारी दिनुभयो।बिनियोजित रकमबाट अस्पताल भवन निर्माण हुने सांसद राइको भनाइ छ।

अस्पताल निर्माणका लागि अन्य गाउँपालिकाका स्वास्थ्यकेन्द्रहरु पनि मन्त्रालयमा सुचीकृत भएको बताउंदै सांसद राइले भन्नुभयो,-‘नेचासल्यान,माप्यदुधकोशी,लिखुपिके र खुम्बुपासाङ ल्हामु गाउँपालिका का स्वास्थ्यकेन्द्रहरू पनि सुचीकृत भएका छन, जग्गा ब्यबस्थापन र भवनको डीपीआर छिटो बुझाएमा यसै बर्ष बजेट ब्यबस्थापन हुन्छ।’

बजेट स्वीकृत भएका मध्य महाकुलुङ गाउँपालिकामा यस नै १५ शैय्याको अस्पताल सन्चालनमा ल्याइएको छ। हाल सो अस्पताल गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा संचालित छ।

प्रतिक्रिया दिनुहोस्