एमालेले माग्यो कोशी प्रदेशका मुख्यमन्त्रीको राजीनामा,नदिए आवश्यक कदम चाल्ने चेतावनी



काठमाडौँ।नेकपा एमालेले कोशी प्रदेश सरकार अल्पमतमा परेको राजीनामा दिन आलटाल गरे आवश्यक कदम चाल्ने चेतावनी दिएको छ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलले पत्रकार सम्मेलनको आयोजना गरि शुक्रबार सो चेतावनी दिएको हो।विराटनगरस्थित प्रदेश सभामा रहेको एमाले संसदीयको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने,‘अहिलेको सरकार अल्पमतमा छ। यस अवस्थामा राजीनामाको विकल्प छैन। राजीनामा दिन आलटाल गरे हामी आवश्यक कदम चाल्नेछौँ।’

माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्दै उनले आउने एक दुईदिनमा केन्द्रले कस्को नेतृत्वमा सरकार गठन गर्ने भन्ने टुंगो लगाउने बित्तिकै संविधानको सर्वोच्चता,सर्वोच्च अदालतको आदेश र कानुन बमोजिम हटाउने प्रक्रिया सुरु अगाडि बढने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्