भोटेकोसीमा बाढी बढेको भए पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा



काठमाडौं,१४ भदौ । बाढी पूर्वानुमान महाशाखाले शनिबार राती भोटेकोसीमा बाढी आए पनि ठूलो जोखिम नरहेको बताएको छ।

आइतबार बिहान पौने ६ बजे जारी गरेको सूचना अनुसार रसुवामा केही बाढी बढेको भए पनि ठूलो जोखिम नरहेको स्पष्ट पारेको हो।

‘जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको प्राप्त सुचना अनुसार हाल नुवाकोटमा बाढी केही बढेको तर ठुलो नरहेको हुदा यसै सूचनालाई आधारमानी हाललाई रसुवा, नुवाकोट, धादिङ सम्म नदी आसपासको क्षेत्रमा ठुलो बाढीको जोखिम नरहेको जानकारी गराउदछौं,’ बाढी पुर्वानुमान महाशाखाले भनेको छ।

यसअघि बाढीको आवाज ठूलो भएकाले धादिङ र नुवाकोटमा सतर्क रहन अनुरोध गरेको थियो।

प्रतिक्रिया दिनुहोस्