सत्तागठबन्धनमा ७ बुंदे अर्को सहमति
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाललाई एकीकृत समाजबादीका अध्यक्ष माधव नेपाललाई झुकाई छाडेका छन्स।

नेपाललाई थाहापत्तो समेत नदिइ ८ बुंदे सहमतिसहित सत्तागठबन्धन गरेका यी दुई दललाई अर्को पाँच बुंदे सहमति गर्न बाध्य पारेर उनीहरूलाई झुक्न बाध्य पारेको हो।नयाँ लिखित सहमति नगरे बर्तमान गठबन्धनलाई सहयोग नगर्ने समाजबादीको चेतावनीपछि गठबन्धनका पांचदलबीच संक्रमणकालीन न्याय लगायतका विषयमा सात बुँदे सहमति भएको छ।
राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मंगलबार निर्वाचन प्रक्रिया चलिरहेका वेला नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच सहमति भएको हो।
सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पु्ष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।
सहमतिमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सफल पार्ने, राष्ट्रिय सभा अध्यक्षमा माओवादी उम्मेदवारलाई समर्थन गर्ने, संक्रमणकालीन न्याय सहमतिमा टुंगो लगाउने लगायतका विषय उल्लेख छ।

