गगन थापालाई निगरानीमा राखिएको भन्ने हल्ला निराधार : प्रहरी प्रवक्ता



फाइल फोटो

काठमाडौं,१९ कार्तिक ।केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको र निरन्तर निगरानीमा राखेको भन्ने चर्चाबारे नेपाल प्रहरीलाई कुनै जानकारी नरहेको बताएका छन् ।

डीआईजी काफ्लेसँग सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले थापालाई पक्राउ गर्ने वा निगरानीमा राख्नेबारे प्रहरीलाई कुनै जानकारी नरहेको र सरकारका तर्फबाट पनि थापालाई पक्राउ गर्न वा निगरानीमा राख्न कुनै निर्देशन नआएको उनले स्पष्ट पारेका हुन् ।

प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटाले बयानका क्रममा कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको टोलीलाई आधिकारिकता दिलाउन आफूले भूमिका खेलेको दाबी गरेका थिए ।

अदालत र निर्वाचन आयोगमा गरी १८ करोड रुपैयाँ बुझाएर थापाले कांग्रेसको नेतृत्व हातमा लिएको भन्ने आशयको बयानको भिडियो हालै  सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्