सोलुखुम्बु प्रदेश ‘क’ का सांसद शेर्पालाई पितृशोक



सोलुखुम्बु।नेकपा माओवादी केन्द्रका नेता तथा सोलुखुम्बु जिल्लाको प्रदेश निर्बाचन क्षेत्र ‘क’ का सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’ लाई पितृशोक परेको छ।

शेर्पाका ७४ बर्षीय पिता ल्हाक्पा शेर्पाको आइतबार आफ्नै निवासमा निधन भएको हो।शेर्पा जिल्लाको सोताङ गाउँपालिका वडा नं-२ का बासिन्दा हुन्।उनी मुटु सम्बन्धी रोगबाट पीडित भएको बताईएको छ।

स्वर्गीय शेर्पाका श्रीमती,पांँच छोरा र तीन छोरी छन्।

प्रतिक्रिया दिनुहोस्