बालिका बलात्कारको आरोपमा पाल्पाबाट १ र कञ्चनपुरबाट ३ जना पक्राउ
काठमाडौँ,२३ कार्तिक । बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पाल्पाबाट १ जना र कञ्चनपुरबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

१६ वर्षीया बालिकालाई बलात्का गरेको अभियोगमा पाल्पाको तिनाउ गाउँपालिका- ३ देउराली बस्ने तनहुँ भानु नगरपालिका-८ घर भएका ३८ वर्षीय होम बहादुर थापा मगर पक्राउ परेका छन्।
बालिकालाई बलात्कार गरेको उजुरी परेपछि आइतबार साँझ उनी पक्राउ परेका हुन्।
यस्तै १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका-१ बस्ने २१
वर्षीय बिशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायर रहेका छन्।


