राष्ट्रियसभा अध्यक्षमा दाहाल र शर्मा भिड्दै,दुबैजनाले गरे उम्मेदवारी दर्ता



काठमाडौं।राष्ट्रियसभाको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन । संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

उनका प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।उनका प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना समर्थकमा किरणबाबु श्रेष्ठ र शेखरकुमार सिंह (लोसपा) रहेका छन्।

प्रतिक्रिया दिनुहोस्