मेटमणिको भविष्यवाणी- ‘प्रचण्ड सरकार एक महिना पनि टिक्दैन’
काठमाडौं।सत्तारुढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नियतमै खोट भएकाले नयाँ समीकरण अब कुनै हालतमा नटिक्ने दावी गरेका छन्।

शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रम बोल्दै प्रचण्ड सरकार नढाले मुलुकमा अस्थिरता मच्चिरहने बताउंदै उनले बर्तमान
सरकारको आयु एक महिना पनि नभएको दाबी गरे।
यो सरकार मुस्किलले टिक्यो भने एक महिना मात्रै हो। अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ,उनले भने,‘यो समीकरण भत्काउनै पर्छ। मेरो दल पनि सरकारमा सहभागी छ। दुई वटा मन्त्री पनि छन्। तर यो तरिकाले निर्माण भएको सरकारलाई भत्काउन सकेनौँ भने मुलुकमा अस्थिरता मच्चाइराख्छन्।’file foto

