अन्तर्राष्ट्रिय नारी दिबसका अबसरमा नेचासल्यानका दुई महिला कर्मचारी सम्मानित



डिल्ली शर्मा,सोलुखुम्बु।सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ११४औं अन्तर्राष्ट्रिय नारी दिबस बिभिन्न कार्यक्रमका साथ मनाईएको छ।

महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ अन्तर पार्टी महिला संजाल नेचासल्यान गाउपालिकाको आयोजनामा शुक्रबार अन्तर्राष्ट्रिय नारी दिबस मनाईएको हो।

पालिका वडा नं ३,४ र ५ का बिभिन्न महिला समुह,विद्यालयका शिक्षिका,राजनीतिक दलका स्थानीय प्रतिनिधि लगायतको उपस्थितिमा सहिद कुशुम स्मृति हलमा गरिएको कार्यक्रममा विभिन्न समूहकाबीच लोकगीत र शिक्षिकाहरुबीच हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको थियो।नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित सो प्रतियोगिताका प्रथम द्दितीय तृतीय र सान्त्वना स्थान हासिल गर्ने महिला समुह र शिक्षक समुहलाई प्रमाणपत्रको साथमा नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।सोहि कार्यक्रममा नेचासल्यानमा हाल कार्यरत कृषि शाखा र प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सबिता बाँस्तोला र निशा शर्मालाई सम्मान समेत गरिएको थियो ।

नेचासल्यान गाउँपालिकाका संस्थापक उपप्रमुख कुमारीदेबी शर्माको प्रमुख आतिथ्यता तथा अन्तरपार्टी महिला संजाल नेचासल्यानका अध्यक्ष पार्बती थापा राउतको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले महिलाहरुलाई समाजका सबै क्षेत्रमा समान अबसर दिलाएर समाजलाई सभ्य र समृद्द बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा नेचासल्यान गाउँपालिका का उपप्रमुख बिना राईले महिलालाई संबिधानमा उल्लेख भएको ३३ प्रतिशत सहभागिता अपर्याप्त भएकोले समान अबसर लिन सबै महिलाहरु आ—आफ्रनो क्षेत्रबाट संगठित हुनुपर्ने बताउनुभयो । नेपालका अधिकांश स्थानीय तहमा उपप्रमुखको पदमा महिलाहरु निर्बाचित भएको भएतापनि आगामी निर्बाचनमा कार्यकारी पदमा निर्बाचित गराएर महिला अधिकार र महिलाको क्षमता प्रदर्शन गर्नुपर्ने वहाँको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्