एमाले मधेस प्रदेशमा चन्देश्वर मण्डलको अध्यक्षतामा पदाधिकारी सर्वसम्मत
काठमाडौँ । जनकपुरमा जारी नेकपा एमाले मधेस प्रदेशको अध्यक्षसहित पाँच पदाधिकारीमा सहमति जुटेको छ । एमाले अध्यक्ष मण्डलका एक नेताका अनुसार केन्द्र र प्रदेशका नेताहरुका बीचमा चन्देश्वर मण्डलको अध्यक्षतामा पाँच पदाधिकारी सर्वसम्मत छनोट गर्न सहमति जुटेको हो ।

उनका अनुसार एमाले मधेस प्रदेश कमिटीको उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडेल तथा उपसचिवमा आरती भण्डारी र मोहम्मद कयस सर्वसम्मत भएका हुन् ।
यद्यपि निर्वाचन प्रक्रिया पुरा गर्नुपर्ने भएकाले निर्वाचन कमिटीले औपचारिक घोषणा भने गरिसकेको छैन । निर्वाचन प्रक्रियाले उनीहरूको नाम अनुमोदन गर्ने उनको भनाइ छ । ‘यो पदहरुका मनोनयन दर्ता भइरहेको छ । यी पदहरुमा एक जनाभन्दा बढीले उम्मेदवारी नदिने सहमति भएको छ । अब निर्वाचन प्रक्रियाले अन्तिम रुप दिइने छ । आजै पदाधिकारी निर्वाचित भएको घोषणा हुन्छ,’ उनले भने ।
अधिबेशनको एमाले अध्यक्ष केपी ओलीले बुधवार उद्घाटन गरेका थिए।

