मीड सोलु हाइड्रोपावरको आइपिओ बाँडफाँड गोलाप्रथाबाट आज गरिने
काठमाडौं।मीड सोलु हाइड्रोपावर कम्पनीको आइपिओ गोला प्रथाबाट आज बाँडफाँड गरिने भएको छ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज बुधवार आइपिओ बाँडफाँड गर्ने तयारी गरेको जानकारी दिएको हो। आइपिओ बाँडफाँड कार्यक्रम काठमाडौँको बिजुलीबजारस्थित कार्निभल रेस्ट्रोमा साँझ ५ बजे राखिएको छ।
कम्पनीको आईपीओमा १३ लाख ५४ हजार ८४६ जनाले १ करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २४.३४ गुणा बढी आवेदन हुन आउँछ । कम्पनीका अनुसा ६२ हजार ११८ जनाले १० र १० कित्ता सेयर प्राप्त गर्नेछन् । सोही मध्येका २ जनाले भने ११ कित्ता सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९२ हजार ७२८ जनाको हात खाली हुनेछ ।
कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्टाइएको शेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

