कांग्रेसले महासमिति बैठकलाई नीति महाधिवेशन बनाउने,देउवाको संयोजकत्वमा आयोजक समिति गठन
काठमाडौं।नेपाली कांग्रेसले आगामी मंसिरमा गर्ने महासमिति बैठकलाई नीति महाधिवेशनका रुपमा अघि बढाउने निर्णय गर्दै सभापति शेरबहादुर देउवाको संयिजकत्वमा मूल आयोजक समिती गठन गरेको छ ।

महासमिति बैठकलाई नीति महाधिवेशनका रुपमा अघि बढाउँदै कांग्रेस रुपान्तरणको लक्ष सहित केन्द्रीय समिति बैठकले सोमबार आयोजक समिति समेत गठन गरेको हो ।
यसबाहेक उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको नीतिसम्बन्धी प्रतिवेदन तयार पार्ने समिति, महामन्त्री गगन थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन समिति तथा पूर्वमहामन्त्री कृष्ण सिटौलाको नेतृत्वमा समसामयिक राजनीतिक प्रतिवेदन निर्माण समिति गठन गरेको जनाईएको छ।
महासमिति बैठकका लागि आवश्यकताअनुसार थपि समिति बनाउने अधिकार सभापतिले बैठकले दिएको थापाले बताए । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय गरेको छ ।

