कोशी प्रदेशका नवनियुक्त मन्त्रीले आजै लिए सपथ



बिराटनगर।कोशी प्रदेशका नवनियुक्त दुई मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सपथ लिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, खानेपानी, सिचाइ, तथा उर्जा मन्त्री बुद्धिकुमार राजभण्डारी, आर्थिक मामिला तथा योजना राज्यमन्त्री निरन राई र उद्योग कृषि तथा सहकारी राज्यमन्त्री राप्रसाद मेहता छन् ।मन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङ्ग र राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ गराएका थिए।

मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले आजै दुई जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री नियुक्त गरेका थिए।

एमाले नेता तिलकुमार मेन्याङबोले यसअघि दुई वटा मन्त्रालयको जिम्मेवारी लिएका थिए । पाँच कर्ण राईलाई पर्यटन, वन तथा वातावरण मन्त्री र सिर्जना राईलाई सामाजिक विकास राज्य मन्त्री नियुक्त गरिएकाे थियाे ।

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय आफैसँग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्