अधिबेशनमा प्यानल बनाउने उम्मेदवारलाई चुनाबै लड्न नदिने अध्यक्ष ओलीको चेतावनी
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाग्मती प्रदेशको अधिवेशनमा प्यानल बनाउने उमेदवारलाई चुनावै लड्न नदिने घोषणा गरेका छन् ।

काठमाडौंमा जारी पार्टीको सो अधिवेशनमा उनले सर्वसम्मत निर्णय नगरिए व्यक्तिगत चुनाव लड्नुपर्ने सर्त राखेका हुन् । “मिल्नु सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास हो । चुनाव लड्छु भन्न पाइन्छ,” ओलीले उद्घाटन समारोहमा भने, “प्यानल बनाएको थाहा पाए उमेदवारी खारेजी हुन्छ ।”
लुम्बिनी प्रदेशको अधिवेशनमा प्यालनविहीन बनाउने प्रयासमा असफल भएका उनी अहिले कडा रूपमा प्रस्तुत भएका हुन् ।
कार्यक्रममा अध्यक्ष ओलीले मिसन –८४ एमालेले एकल बहुमत ल्याउनकै लागि चलाइरहेको जानकारी पनि दिएका थिए।
‘जोजो विरोधी हुन् उनीहरुले बुझे हुन्छ, सबै एकगठ भए हुन्छ । बाँकी कोही भए गठबन्धनमा आए हुन्छ । तर मिसन ८४ ले तपाईँहरूका सबै क्रियाकलापलाई जवाफ दिनेछ’, ओलीले भने, ‘एमालेले एकल बहुमत ल्याउँछ ।’

