खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्न राष्ट्र बैंकको आग्रह



काठमाडौं।नेपाल राष्ट्र बैंकले होसियार भई चेक जारी गर्न आग्रह गरेको छ। पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक मात्रामा बढ्न थालेपछि त्यसको न्यूनिकरण तथा सचेतनाका लागि राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो।

चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रष्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्नेपर्नेछ । खातामा नभएको रकमको चेक जारी गर्ने, भविष्यमा प्राप्त हुन्छ भन्ने आधारमा चेक जारी गर्ने, तमसुक वा धरौटीको रुपमा चेकलाई प्रयोग गरी अवैधानीक लेनदेन गर्ने, खाली चेकमा हस्ताक्षर गरीदिने जस्ता नियतवश गरेको कार्यले चेक जारी गर्ने व्यक्ति कालोसूचीमा पर्ने तथा कानुनबमोजिमको सजायसमेत हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्