नेपाल एअरलाइन्सले साउदी अरबको दमाममा सिधा उडान गर्ने, प्रवर्द्धनात्मक भाडादर ३५ हजार
काठमाडौं।नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरबको दमाममा सिधा उडान गर्ने भएको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेबाट काठमाडौंदेखि दमाममा उडान गर्न लागेको हो।यो संगै राष्ट्रिय ध्वजाबाहक निगमको गन्तव्य दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाजमार्फत आठ देशका ११ ग्गन्तब्यमा पुगेको छ।
यसका लागि आजबाट टिकट बुकिङ खुला गरिएको छ।यसअघि निगमले साउदी अरबकै रियादमा पनि उडान गरिरहेको छ।
उडान तालिकाअनुसार काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्नेछ।
बजारको माग अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको प्रवक्ता पौडेलले बताए।काठमाडौं-दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार रुपैयाँ तोकिएको छ। दमाम-काठमाडौंका लागि भने ५९६ साउदी रियाल तोकिएको छ।

