महाकुलुङमा १० दिने ह्रयाण्डीक्राफ्ट तालिम सम्पन्न



सोलुखुम्बु।महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर कुलुुङले महिलालाई स्वरोजगारका बनाउनका लागि ह्रयाण्डीक्राफ्ट तालिम अति महत्वपुर्ण हुने बताउनुभएको छ ।

महाकुलुङ गाउँपालिका वडा नम्बर २ पेल्माङको आयोजनामा १० दिने ह्रयाण्डीक्राफ्ट तालिमको समापन कार्यक्रममा यस्तो बताउनुभएको हो।अनुसार जेठ २८ गतेदेखि संचालन गरिएको तालिम शुक्रबार समापन गरिएको हो।

पालिका र वडाको आर्थिक बर्ष २०७९/०८० को महिला स्वरोजगार कार्यक्रम अन्तर्गत ५ लाख विनियोजित लागत मार्फत तालिम संचालन गरिएको वडा अध्यक्ष प्रदिप राईले जानकारी दिनुभयो ।

उक्त ह्रयाण्डीक्राफ्ट समापन तालिम कार्यक्रममा गाउँपालिक अध्यक्ष कुलुङ, उपाध्यक्ष विपना कुलुङ, वडा नम्बर २ का वडा अध्यक्ष प्रदिप राई, वडा नम्बर ३ का वडा अध्यक्ष दुर्गाबहादुर राई लगायत अन्य प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्