पांँच दिनपछि शब फेला परेका सोलुखुम्बुका अमृत राइको अन्त्यष्टी गरिंदै
प्रदिप खालिङ,सोलुखुम्बु।म्याग्दीस्थित धवलागिरि हिमपहिरोमा परि सोलुखुम्बुका अमृत राइको आज पशिपतिमा अन्त्येष्टि गरिने भएको छ।

केही दिन यता धौलागिरी आधार शिविर नजिकै हिमपहिरोमा हराईरहेका सोलुदुधकुण्ड नगरपालिका वडा नं १ टाक्सिन्दु फूलेली निवासी वर्ष २३ को अमृत राईको खोजी कार्यको पाँचौं दिनमा मृत अवस्थामा फेला परी हिजो मृतकको लास काठमाडौं आईपुगेको छ । र अहिले शिक्षण अस्पतालमा पोष्टमार्टम तथा पुलिस रिपोर्ट लगायतका प्रक्रियाहरू भईरहेको जानकारी प्रकाश खालिङले दिनुभयो।
धवलागिरी आधार शिविरमा आरोहीको सामान पुर्याएर फर्कने क्रममा शुक्रबार साँझ हिउँ पहिरोमा पुरिएर राईको मृत्यु भएको हो ।उनको लास मंगलबार हेलिकप्टर मार्फत काठमाडौ ल्याईएको एभेन समिट ट्रेकका म्यानेजर थानेस्वर गुरागाँईले जानकारी दिए ।
मृतक अमृत राइको खालिङ राई परम्परागत अनुसार आज पशुपतिमा दाहसंस्कार गर्न लागिएको हो।

