मनोरञ्जन क्षेत्रमा शीवको सफलता
काठमाडौं,१७ भाद्र । जन्मले मानिसलाई एउटा नाम वा पारिवारिक पृष्ठभूमि दिन सक्छ, तर समाजमा आदर र पहिचान केवल उसको सत्कर्म अर्थात् राम्रो कामले नै दिलाउँछ । कर्मले नै व्यक्ति महान् वा ठुलो हुन्छ, जन्मले होइन । दृढ इच्छाशक्ति र निरन्तरको कर्मले मानिसलाई जुनसुकै कठिन परिस्थितिबाट पनि सफलताको शिखरमा पुर्याउन सक्छ । व्यक्तिले गर्ने समाजसेवा, दया र निष्पक्ष कर्मले उसलाई मानिसहरूको मनमा सधैँका लागि स्थान बनाउन सफल हुन्छन्, यस्तै एउटा नाम हो – शीव पाण्डे ।

रुपन्देहीमा जन्मे–बढेका पाण्डेलाई काठमाडौं आएर कलाकारिता वा अन्य बिद्यामा अघि बढ्न त्यति सहज थिएन । रुपन्देहीबाट काठमाडौं आएपश्चात आर्टिस्ट खबर मिडियामा क्यामेराम्यानका रूपमा काम गर्न सुरु गरेका उनले विभिन्न म्युजिक भिडियो, टेलिभिजन सिरियल तथा चलचित्रहरूमा क्यामेरा पर्सन तथा सहायकका रूपमा सहकार्य गरिसकेका छन् । उनको काम प्रतिको लगनशिलता, दृढ आत्मविश्वासका कारण शीव पाण्डे यतिबेला मनोरञ्जन क्षेत्रमा चर्चा बटुल्न सफल भएका छन् ।
काठमाडौमा हुने सबैजसो फिल्मी कार्यक्रममा आफ्नो उपस्थिति जनाउदै आईरहेका पाण्डेको यो यात्रा कला पत्रकारिताबाट सुरु भएको थियो । दैनिक जसो फिल्मीकर्मीहरुसंगको भेटघाटले बिस्तारै उनलाई अभिनय प्रति आकर्षित तुल्यायो र ‘बसन्त’, ‘मन बिनाको धन’ र ‘ज्वाइसाब’ लगायतका चलचित्र तथा म्युजिक भिडियोहरुमा समेत अभिनय गर्ने अवस मिल्यो ।
फिल्मी क्षेत्रमा ‘शिवु पाण्डे’ नामले परिचित पाण्डे उनको विशेष शैली र प्रस्तुतिका कारण मनोरञ्जन क्षेत्रमा सबैका प्रिय पात्र बनेका छन् ।

